आज यी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार ०८:४२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

यसैगरी, आज राति लुम्बिनी लगायत विभिन्न प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।