चार महिनामा १ खर्ब ३६ अर्ब भन्सार राजश्व संकलन
![](https://www.tukhabar.com/wp-content/uploads/2023/07/bhansar_bhibhag.jpg)
काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिकसम्ममा सो रकम बराबरको भन्सार राजश्व संकलन भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
सरकारले चार महिनाका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन गर्ने लक्ष्य लिएपनि लक्ष्यको ६९.०३ प्रतिशत मात्रै राजश्व संकलन भएको जनाइएको छ ।