हेटौंडा आँखा अस्पतालले निःशुल्क शिविर संचालन गर्दै
मकवानपुर । सामुदायिक आँखा अस्पताल हेटौंडाले दुई महिने निःशुल्क शिविर संचालन गर्ने भएको छ ।
अस्पतालले यही मंसिर र पुस महिनामा मकवानपुरसहित विभिन्न जिल्लाहरुमा निःशुल्क शिविर संचालन गर्न लागिएको हो ।
अस्पतालले यही मंसिर ८, ९, २५ र २६ गते मकवानपुरको बागमती गाउँपालिकामा निःशुल्क शिविरको आयोजना गर्न लागिएको सो अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए ।
यसैगरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लाहरुमा पनि निःशुल्क शिविर संचालन गर्ने उनको भनाई छ । शिविरमा सर्वसाधारणको आँखाको परीक्षण गर्नुका साथै मोतिविन्दुको शल्यक्रिया गरिने उनले बताए ।
विविरको क्रममा मोतिविन्दुको विरामी फेला परी उनको शल्यक्रियाका लागि हेटौंडा आउनु परेमा सबै खर्चको व्यवस्थापन अस्पतालले नै मिलाउने उनले जानकारी दिए ।