हेटौंडा सिमेन्ट उद्योगको अनुगमन

तु खबर संवाददाता
२०८० मंसिर ६,बुधबार १८:०१

मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बुधबार हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री चित्रकारले पछिल्लो समय पटक–पटक बन्द हुँदै आएको उक्त उद्योगको क्रसिङ, क्लिङ्कर, इन्जिनियरिङ र ल्याबको स्थलगत अनुगमन गरेका हुन् ।

सो क्रममा मन्त्री चित्रकारलाई उद्योगका महाप्रबन्धक वसन्त पाण्डेसँग उद्योगको अवस्थाबारे जानकारी गराएका थिए ।