२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन आग्रह

तु खबर संवाददाता
२०८० मंसिर १०,आईतवार १०:१०
file-photo

काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

जानकारीबिनै सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको हो ।

सम्पर्कमा नरहेका उनीहरुलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ ।

साथै, उनीहरुलाई सात दिनभित्र आफू गैर हाजिर भई कार्यालयमा सहभागि नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।