वेयरहाउजिङको आईपीओ खुल्यो

तु खबर संवाददाता
२०८० मंसिर १०,आईतवार १०:२५
file-photo

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले सर्वसाधारणका लागि आजबाट प्राथमिक शेयर (आईपीओ) खुल्ला गरेको छ ।

कम्पनीको आईपीओमा आजबाट आगामी मंसिर १३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । इच्छुक व्यक्रिले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने जनाएको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।