कात्तिकमा साढे ४३ हजारभन्दा बढी विदेसिए

तु खबर संवाददाता
२०८० मंसिर १०,आईतवार १७:००
file-photo

काठमाडौं । नेपालबाट कात्तिक महिनामा मात्रै साढे ४३ हजारभन्दा बढी नेपाली विदेसिएका छन् ।

कात्तिक महिनामा मात्रै ४३ हजार ६२२ जना नेपाली विदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएकामध्ये पुनः श्रम स्वीकृति लिएकाहरू समेत रहेका छन् । जसमा २४ हजार ७८ जना छन् । तीमध्ये २० हजार ३६२ पुरुष र ३ हजार ७१६ महिला रहेका छन् ।

१९ हजार ५४४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् भने १८ हजार १२५ जनाले संस्थागत र ५ हजार ७५१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै, २०२ जना जी टु जीमार्फत श्रम स्वीकृति लिएका छन् ।