मोबाइल चार्ज गर्दा करेन्ट लागेर किशोरको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ११,सोमबार १६:३४
file-photo

महोत्तरी । महोत्तरीमा आइतबार मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

करेन्ट लागेर जिल्लाको जलेश्वर नगरपालिका–१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका–७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतो रहेका छन् ।

प्रहरीका अनुसार, मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।