कांग्रेस जिल्ला भेला पुस ३ गतेमा हुने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेला आगामी पुस ३ गते हेटौंडामा हुने भएको छ । पार्टीको जिल्ला अधिवेशन, स्थानीय, प्रदेश र संघको निर्वाचनको समिक्षा र आगामी सांगठनिक गतिविधि तय गर्नका लागि जिल्ला भेला आव्हान गरिएको हो ।
जिल्ला भेलाको तयारी तीब्र पारिएको छ । सम्मेलनका विषयमा हेटौंडा–२ स्थित पार्टी कार्यालयमा शनिबार पार्टी प्रतिनिधि, शुभेच्छुक र भातृ संगठनका अगुवाबीच छलफल भएको छ ।
पार्टी जिल्ला सचिव भीमसेन महतको सभाध्यक्षतामा भएको छलफलमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ सभापति दामोदर खनाल तथा पार्टी जिल्ला सदस्यद्वय अर्जुन चौलागाईं तथा खेमराज सापकोटा एवम् पार्टी शुभेच्छुक तथा भातृ संगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
पार्टी सचिव भीमसेन महतले जिल्ला भेलाको तयारीको विषयमा छलफलमा जानकारी गराएका थिए । उनका अनुसार भेलामा करिब दुई हजार जनाको उपस्थिति रहनेछ ।
करिब १४ लाख रुपैयाँ खर्च अनुमान गरिएको त्यसका लागि स्रोत व्यवस्थापनको तयारी भइरहेको बताए । उनका अनुसार पार्टीको वडादेखि, स्थानीय तह, क्षेत्र, संघ र जिल्लास्तरमा भेलाको विषयमा छलफल भइरहेका छन् ।
‘
भेलालाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र सांगठनिक प्रतिवेदन तयार पार्ने भनेर छलफल भइरहेको छ ।’
उनका अनुसार जिल्लाभर भेलामा सहभागी हुनका लागि क्षेत्रीय प्रतिनिधि, पार्टी, भातृ र शुभेच्छुक संगठनका पदाधिकारीलाई अनुरोध गर्ने काम भइरहेको बताए ।