राष्ट्र बैंकको नाफा साढे ८७ अर्बभन्दा माथि

तु खबर संवाददाता
२०८० मंसिर १९,मंगलवार १७:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई गत आर्थिक वर्षमा साढे ८७ अर्बभन्दा माथिको नापा भएको छ ।

आर्थिक वर्ष (आव) २०७९/०८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा भएको बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ६१ अर्ब ९८ करोड ७ लाख १३ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा पनि नाफा बढेको हो ।

बैंकले नाफाबाट नेपाल सरकारलाई २५ अर्ब दिने भएको छ । वार्षिक प्रतिवेदन संचालक समितिको बैठकले पारित गर्दै उक्त निर्णय गरेको हो ।