सेवाग्राहीसँग घुस लिँदै गर्दा वडाध्यक्ष कार्की पक्राउ

तु खबर संवाददाता
२०८० पुष ३,मंगलवार १३:५२

हेटौंडा । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले वडाध्यक्षलाई पक्राउ गरेको छ ।

बारा जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियारले पक्राउ गरेको हो ।

आयोगको टोलीले वडा अध्यक्ष कार्कीलाई नगद ५ लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको छ ।

वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ ।