कोरियाका लागि १ लाख ४३ हजार ८१२ जनाले भरे आवेदन

तु खबर संवाददाता
२०८० पुष ७,शनिबार १०:५१

काठमाडौँ । ईपीएस प्रणालीमार्फत् कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन् । उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका छन् ।

पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताए । कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो ।

यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन् । उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ। उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्नेछ ।