३ सय वर्ष पुरानो इतिहास बोकेको अंगारेश्वर धार्मिक तथा पर्यटन स्थल दर्ता
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १७ स्थित अंगारेश्वर धार्मिक तथा पर्यटन स्थलले स्थानीय प्रशासनबाट आधिकारिकता प्राप्त गरेको छ ।
करिब ३ सय वर्ष पुरानो इतिहास बोकेको सो धार्मिक क्षेत्र हिजो विहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आधिकारिक रुपमा दर्ता भएको हो ।
उक्त धार्मिक तथा पर्यटन स्थल समितिको अध्यक्षमा कृष्णदेव भण्डारी, उपाध्यक्षमा श्यामबहादुर घर्ती, सचिवमा सन्दिप थापा, कोषाध्यक्षमा सेती कुमारी गोङ्बा, सहसचिवमा शारदा अधिकारी र सदस्यहरुमा प्रदिपकुमार विष्ट, बिना दाहाल, मैया कठायत, थिरबहादुर बजू, नवराज माझी र ओमप्रसाद अधिकारी रहेका छन् ।
दर्ता प्रक्रिया सम्पन्न भएलगत्तै तु खबरसँगको कुराकानीको क्रममा अध्यक्ष भण्डारीले दर्ता प्रक्रियामा सहयोग पुर्याएको भन्दैे हटिया तथा हर्नामाडीका सम्पूर्ण भक्तजनहरु, समितिका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु तथा कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई धन्यवाद दिए ।
उनले संस्थाको उद्देश्य अनुसार सनातन हिन्दू धर्मको महत्व भक्तजन तथा अनुयायीहरुलाई बुझाउंदै प्रचारप्रसार र विकासमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
धार्मिक अनुष्ठान र नियमित पुजापाठलाई कर्मकाण्डी रुपमा भन्दा पनि धर्मको मर्मअनुसार अवचेतन मनको प्रयोग गर्दै व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्य तथा मनको शान्तिको लागि आयोजना गर्नुपर्ने विषयलाई व्यवहारमा उतार्ने र अनुयायीहरुको लागि सचेतना कार्यक्रम अभियानको रूपमा संचालन गर्ने बताए ।