घट्यो सुनको मूल्य

तु खबर संवाददाता
२०८० पुष २३,सोमबार १४:३०

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य घटेको छ । लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार २५० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनेबेच भएको थियो ।