सन्दीप लामिछानेलाई आठ वर्ष कैद फैसला

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दिप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको हो ।
इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ ।
गत पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि बुधबार इजलास बसेको थियो ।