हेटौंडा जेसीजको भवन मर्मत हुँदै

मकवानपुर । देशकै नमूना जेसीजको रुपमा स्थापित हेटौंडा जेसीजको हेटौंडा–४ स्थित भवनको मर्मत कार्य भइरहेको छ ।
जेसीज वर्ष सन् २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले आफुले ककसमा बाचा गरेअनुसार जेसीज भवन मर्मतको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
उनका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ९ बाट प्राप्त भएको ५ लाख रुपैयाँ बजेटबाट अहिले भवनको जस्तापाता फेर्ने र रङरोगन गर्ने कार्य सम्पन्न भइसकेको छ ।
फल सिलिङ्का लागि हेटौंडा उपमहानगरपालिकाबाट पनि ५ लाख रुपैयाँ बजेट स्वीकृत भइसकेको र करिब एक महिनाको अवधिमा सो कार्य सम्पन्न हुने गरी उपभोक्ता समितिले तयारी अघि बढाएको उनले बताए ।
भवन मर्मत कार्यका लागि उपभोक्ता समितिका अध्यक्ष कविन सांगामी र बोर्ड अफ ट्रस्टि अध्यक्ष कुश कुमार रिजाल सहित जेसीजको सिङ्गो टिमको महत्वपूर्ण सहयोग रहेको भन्दै बर्तौलाले धन्यवादसमेत दिएका छन् ।
उनले मर्मतको काम सम्पन्न हुनासाथ जेसीजको सभाहल सञ्चालनमा ल्याई विभिन्न कार्यक्रमहरु गर्न सहज हुने तथा अन्य निकायको सभा सम्मेलन गरी आर्थिक उपार्जन गर्न सकिने बताए ।