इन्द्रसरोवरमा नागरिक आरोग्य सेवा केन्द्र

तु खबर संवाददाता
२०८० माघ ५,शुक्रबार ०९:१३

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपलिकामा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाले संयुक्त रुपमा उक्त केन्द्रको संचालन गरेको हो ।

सो केन्द्रको बिहीबार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

कार्यक्रम जिल्ला आयुर्वेद केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईंको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाधयक्ष उमा कुमारी लामा, इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका संयोजक चिरञ्जीवी चुडाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा गाउँपालिकाका वडाध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

साथै सो क्रममा १२८ जना नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा र निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।