भीमफेदीका अशक्तलाई घरमै नागरिकता

तु खबर संवाददाता
२०८० माघ ७,आईतवार ०९:४८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका दुई अशक्त व्यक्तिलाई घरमै नागरिकता प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको अभियान अन्तरगत भीमफेदी गाउँपालिकाले एक जना जन्मजात पूर्ण शारीरिक र एक जना मानसिक असक्तलाई घरमै नागरिकता प्रदान गरेको हो ।

नागरिकता प्राप्त गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपाका बिर्खबहादुर थिङको २० वर्षीया छोरी सुनिता थिङ र १६ वर्षीय छोरा सुरेन्द्र थिङ रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नायव सुब्बा सहदेब आचार्य र अस्विनी कुमार अर्यालको टोलीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।