राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

तु खबर संवाददाता
२०८० माघ ८,सोमबार १६:०१

जनकपुरधाम । सप्तरीमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

झडपमा परेर मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि झडप भएको हो ।

राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरे । राजविराज नगरपालिका–१३, मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।

शिलान्यासमा सप्तरी–२ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो ।