चीनको युनानमा पहिरोमा परेर ८ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० माघ ८,सोमबार १७:४०
सांकेतिक तस्वीर

चीन । चीनको दक्षिण पश्चिम युनान प्रान्तको जेनसिओङ काउन्टीमा आज बिहान गएको पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार बिहान ५: ५१ बजेको समयमा गएको परेर मृत्यु हुनेको संख्या कम्तीमा ८ जना पुगेको हो ।

पहिरोमा ४७ जना पुरिएका थिए । युनानमा अहिले तापक्रम शून्यभन्दा तल छ । अहिले उद्धार कार्य जारी रहेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङले पनि सबैको तत्काल उद्धार गर्न आदेश दिएका छन् ।

पहिरो गएको स्थानमा १ हजारभन्दा धेरै उद्धारकर्मीहरूलाई खटाइएको छ । सो क्षेत्रका घरहरूबाट ५ सयभन्दा धेरैको उद्धार गरिएको छ । एजेन्सी