रडमा छेडिएर एक विद्यार्थीको मृत्यु

तु खबर संवाददाता
२०८० माघ १७,बुधबार १७:४२
file photo

वीरगंज । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोले रहेका छन् ।

विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रहरीका अनुसार, घरबाट बिहान पढ्न जाने बेलामा मृतक गोले दौडेर पोलमा राखिएको रडमा छेडिएका थिए । उनी जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए ।