जलवायु परिवर्तन र विश्व समुदायको  कार्यादिशा

सुदिप पराजुली
२०८० पुष २०,शुक्रबार २२:१७
तस्बिर : सन्देश थिग । तु खबर

जलवायू परिवर्तनका कारण अहिले विश्व चिन्तामा छ । विश्वमा बढ्दो तापक्रम र यसमा मानव समुदायबाट भएका अप्राकृतिक गतिविधिले यसलाई नियन्त्रण गर्न विश्व समुदायलाई हम्मेहम्मे परेको छ ।

विश्व समुदाय विशेष गरी संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनका कारण विश्वले भोग्नु परिरहेका र भविश्यमा भोग्नुपर्ने भयावह परिदृश्यका कारण चिन्तामा छ । यही चिन्तालाई हटाउन संयुक्त राष्ट्रसंघले विभिन्न राष्ट्रहरुसंघ मिलेर काम गर्दैछ । एकातिर हामी जलवायु परिवर्तनका असरहरुलाई न्यून गर्न विभिन्न योजना बनाइरहेका छौँ भने अर्कोतिर विभिन्न देशहरु अप्राकृतिक गतिविधिबाट यसलाई बढाइरहेका छन् ।

तापक्रमको संन्तुलनले मात्र जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्न सक्दछ । तर, हामी तापक्रमको वृद्धिका बाटोमा लागि परेका छौँ । यसलाई नियन्त्रण गर्ने उपायहरुको खोजी भइरहेको छ तर यसलाई बढाउने गतिविधिमा ठूला र शक्तिशाली राष्ट्रहरु शक्ति प्रर्दशनमा लागिरहेका छन्, यही मुख्य चुनौतीका बीच अहिले विश्वमा यसका सन्दर्भमा विभिन्न कार्यत्रमहरु भ्यरहेका छन् । ती कार्यक्रमहरुको एउटा मात्रै उद्धेश्य छ, कि जलवायु परिवर्तनलाई कसरी सन्तुलित गर्ने र त्यसको जोखिमबाट विश्वलाई कसरी जोगाउने ।

सूर्यको विकरणका कारण प्राप्त हुने ताप शक्तिका कारण वायू मण्डलको तापमान सन्तुलनमा रहने प्राकृतिक प्रकृया हो । पृथ्वीले सौर्यबाट जति विकिरणहरु प्राप्त गर्दछ त्यति नै विकरण सौर्य मण्डलमा पठाउने गर्दछ । यो प्रकृयामा विभिन्न कारणले अवरोध हुँदै जादा विकिरणको लेखदेनमा अवरोध हुन जान्छ र वायु मण्डलको तापक्रम घटबढ हुन जान्छ । यसैका कारण जलवायुमा परिवर्तन आउने गर्दछ । पृथ्वीमा भएको द्रुत औद्योगिक विकास, बढ्दो जनसंख्या र मानव समुदायको प्राकृतिक चक्रलाई प्रभावित पार्ने विभिन्न गतिविधिका कारण अहिलेको जलवायु परिवर्तन अवस्था देखिएको हो । वनजंगलको अत्याधिक विनास, हरित ग्यासको उत्सर्जन, खनिज र ग्यासजस्ता प्राकृतिक बस्तुको बढ्दो दोहनका कारण जलवायु परिवर्तनका असरहरु बढ्दै गएको छ ।

हरितगृह ग्यासको मुख्य कारणको रुपमा देखिएको कार्वनडाइअक्साइडको उत्सर्जनमा शक्तिराष्ट्रहरुबीच तीव्र प्रतिस्पर्धा नै चलेको छ । यसको मुख्य जिम्मेवार पनि यिनै राष्ट्रहरु हुन् । विश्वमा बढ्दो तापक्रमका कारण हिमनदीहरुमा पनि गम्भीर असर परिरहेको छ । नेपालमा पनि प्रतिवर्ष औषत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यसले नेपालमा पनि सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा गम्भीर असर देखा परिरहेको छ ।

 

यसअघि डेनमार्कको राजधानी कोपनहेगनमा जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन भएको थियो । सो सम्मेलनले एउटा प्रतिवेदन सार्वजनिक गर्दै विश्वमा अहिले तापमान बढ्दै गएको र वर्षा हुने दरमा निकै परिवर्तन आएको कुरा उल्लेख थियो ।

यसअघि डेनमार्कको राजधानी कोपनहेगनमा जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन भएको थियो । सो सम्मेलनले एउटा प्रतिवेदन सार्वजनिक गर्दै विश्वमा अहिले तापमान बढ्दै गएको र वर्षा हुने दरमा निकै परिवर्तन आएको कुरा उल्लेख थियो ।

जलवायू परिवर्तनका कारण जून क्षति विश्वले व्यहोरिरहेको छ त्यसलाई रोक्न निकै ढिला भइसकेको छ । प्राकृतिक रुपमा सुन्दर नेपालले यसमा कति योगदान गर्न सक्छ र नेपाली नेतृत्वले विश्वमा शक्ति राष्ट्रहरुले निम्त्याएको यो क्षतिको सोधभर्ना कसरी गर्न सक्छ त्यतातिर ध्यान दिन आवश्यक छ । जलवायु परिवर्तनको नियन्त्रणका लागि नेपालजस्तो विकासन्मुख राष्ट्रले सोचेजस्तो योदगान दिन नसके पनि आगामी योजनाहरु यसलाई केन्द्रविन्दुमा राखेर बनाउनु पर्नेछ । हुन त केही योजनाहरु बनेका छन्, त्यसको कार्यान्वयनमा नेपालले आफ्ना नीतिहरुलाई मजबुद बनाउनु आवश्यक छ ।

गतवर्ष संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनबारे निकै चासो व्यक्त गरे । सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनबाट आएको संकट समाधानमा विश्वलाई एकठाउँमा उभिन आह्वान गर्दै बाइडेन प्रशासनले सुरुवाती दिनदेखि नै यसलाई गम्भीरतापूर्वक लिएको बताए । त्यसयता पनि विश्वमा जलवायु परिवर्तन र यसका असरहरुबारे व्यापक विमर्श भइरहेको छ । तर, छलफल अब प्रयाप्त भइसकेको छ, अब बनाएका योजनाहरुको कार्यान्वयन महत्वपूर्ण छ ।