बागमती प्रदेशसभाको छैटौँ वार्षिकोत्सव मनाइयो

मकवानपुर । बागमती प्रदेशसभाको छैटौं वार्षिकोत्सव मनाइएको छ । प्रदेशको राजधानी हेटौंडामा बिहीबार प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रम प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सभाध्यक्षता एवम् प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सरकारका विभागीय मन्त्री, सांसद, मन्त्रालयका सचिव, सचिवालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
संघीयता कार्यान्वयन पश्चात् २०७४ पुस १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई सचिवालयले वार्षिकोत्सको रुपमा मनाउँदै आएको छ ।