बागमती प्रदेशसभाद्वारा पाँच सांसदलाई प्रशंसापत्र प्रदान

तु खबर संवाददाता
२०८० माघ १९,शुक्रबार ०९:००

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको नियमित बैठकमा सधैँ सहभागी हुने पाँच जना सांसदलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

बिहीबार प्रदेशसभाको छैटौं वार्षिक उत्वसको अवसरमा आयोजित एक कार्यक्रममा प्रमुख प्रदेश यादवचन्द्र शर्माले प्रदेशसभाका पाँच जना सदस्यलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले प्रदेशसभाका सदस्यहरु क्रमशः मधुसुदन प्रसाद पौडेल, रामप्रसाद ढुंगाना, गीता गुरुङ, माया श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

यसैगरी, प्रदेश प्रमुख शर्माले प्रदेशसभा सचिवालयमा उत्कृष्ट कार्य गर्ने कानून अधिकृत मनोजकुमार गुप्ता, कम्प्युटर अप्रेटर रोशन प्रधान, सहायक कर्मचारीहरु क्रमशः सरिता घिमिरे, मीना ओझा, सन्तोष राईलाई नगदसहित पुरस्कार प्रदान गरेका थिए ।