मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी एन्ड्रसले हात पार्यो
![](https://www.tukhabar.com/wp-content/uploads/2024/02/footsal-e1706876766419.jpg)
मकवानपुर । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी एन्ड्रस समूहले हात पारेको छ ।
शुक्रबार भएको फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधी हात पारेको हो ।
विजेता टिमलाई आगामी सोमबार सप्ताहव्यापी कार्यक्रम समापनका दिन पुरस्कार वितरण गरिने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेश अधिकारीले जानकारी दिए ।
रेडियो मकवानपुरले आफ्नो वार्षिकोत्सवको अवसरमा गएको मंगलबारदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ ।
उक्त साप्ताहव्यापी कार्यक्रमअन्तरगत भोलि शनिबार मनहरी–५ मा निःशुल्क स्वास्थ्य शिविर, आइतबार बालमैत्री नगर निर्माणमा सरोकारवालाको भुमिका विषयक वत्तृत्वकला प्रतियोगिता आयोजना हुने र सोमबार समापन गरिने जनाइएको छ ।