आज यी प्रदेशमा वर्षाको सम्भावना
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
२०८० माघ २१,आईतवार ०८:३२
![](https://www.tukhabar.com/wp-content/uploads/2018/07/barsha.jpg)
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न पाँच प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले देशभर साधरणतया बदली रहनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै महाशाखाले बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र त्यसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।