महासमिति बैठकको तयारीका लागि कांग्रेसले तोक्यो उपसमिति संयोजक

तु खबर संवाददाता
२०८० माघ २१,आईतवार १६:०२
file-photo

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको तयारीका उपसमिति संयोजक तोकेका छन् ।

पार्टीका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकका लागि आठ नेतालाई उपसमिति संयोजक तोका हुन् ।

मूल समितिका संयोजकसमेत रहेका उनले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई तोकेका छन् ।

यस्तै, आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको नेतृत्व उदय शम्शेर राणा, यातायात व्यवस्थापनमा धना खतिवडा, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी., प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ तोकिएका छन् ।