माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०८० माघ २२,सोमबार ०८:४५

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।

आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक आहजान गरिएको हो ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमेत उपस्थित हुने कार्यक्रम छ ।

हिउँदे अधिवेशनमा के–कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।