ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही समय लाग्ने

तु खबर संवाददाता
२०८० माघ २४,बुधबार १५:३६
file-photo

काठमाडौं । कोरियन भाषा (ईपीएस) परीक्षाको मिति तय हुन अझै केहि समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन समय लाग्ने जनाएको हो ।

उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाबारे यही माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएपनि प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न केहि समय लाग्न ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले जानकारी दिए ।

आवेदनहरूलाई रूजु गर्ने काम नसकिएकाले परीक्षा मिति सार्वजनिक गर्न अझै समय लाग्ने भएको उनको भनाई छ ।

ईपीएसमार्फत कोरिया जानका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका छन् । आवेदनकर्ता निकै बढि भएकाले रूजु गर्ने समय लागिरहेको उनले बताए ।