मातृभूमि साहित्य समाजको अध्यक्षमा दाहाल
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद दाहाल चयन भएका छन् ।
शनिबार सम्पन्न संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस्तै, संस्थाको उपाध्यक्षमा हेमन्त ढुंगेल, महासचिवमा मन्जु दाहाल खराल, कोषाध्यक्षमा मीरा शर्मा गुरागाईँ, सचिवमा किसन पौडेल चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः श्यामप्रसाद श्रेष्ठ, सानुबाबु खनाल, गोपिनी गौतम, बैकुण्ठ लामिछाने, प्रद्युम्न उपाध्याय, मिथिला अधिकारी चयन भएका छन् ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्जका वरिष्ठ साहित्यकार गणेश लाठको प्रमुख आतिथ्यता रहेको थियो ।
सो क्रममा मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलले संस्थाले प्रदान गरेको पुरस्कार तथा गतिविधिको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन सदस्य किसन पौडेलले प्रस्तुत गरेका थिए ।