हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव सम्पन्न

तु खबर संवाददाता
२०८० माघ २८,आईतवार १०:४९

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

सोनाम ल्होछारको अवसरमा तामाङ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता एवम् नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानको सभाध्यक्षतामा भएको हो ।

सो क्रममा बोल्दै प्रमुख अतिथि लामाले तामाङ समुदायको सँस्कृति र इतिहासलाई बचाउन तामाङ संग्राहलयको निर्माण कार्यमा रहेको जानकारी दिइन् ।

साथै उनले आदिवासी जनजातिको संरक्षणमा लाग्नु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा हजारौ दर्शकशरुले अवलोकन गरेका थिए । प्राय जसो तामाङ भेषभूसामा सजिएका थिए ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरुले दिएको प्रस्तुतीमा दर्शकहरु निकै प्रभावित बनेका थिए । कार्यक्रममा बोम्बो, झाँकी प्रदर्शन समेत गरिएको थियो ।