मकवानपुरको बागमतीमा फागुन १ गते सार्वजनिक विदा
मकवानपुुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
पालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको हो । पालिकाले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो ।
पालिकाको गाउँ कार्यपालिकाको गत माघ १४ गतेको निर्णय अनुसार उक्त दिन सार्वजनिक विदा दिन लागिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त दिन गाउँपालिका भित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था एवम् बैंक तथा वित्तिय संस्थाहरु बन्द रहने जनाइएको छ ।