एक महिनामा ६२ हजार नेपाली विदेसीय

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा ६२ हजारभन्दा बढी नेपाली रोजगारीका सिलसिलामा विदेसीयका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, माघ महिनामा ६२ हजार १४७ जना नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार १७४ महिला रहेका छन् । तीमध्ये ३९ हजार ४२ जनाले श्रम स्वीकृति मात्रै लिएका छन् भने २३ हजार १०५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
उक्र महिनामा जी टु जी मार्फत (सरकार–सरकारबिच सम्झौता भई) १ हजार ४९४ जना वैदेशिक रोजगारीमा गएका छन् ।
त्यस्तै ६ हजार ७६२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेसीएका छन् । ३० हजार ७८६ जनाले म्यानपावर व्यवसायी (संस्थागत) मार्फत श्रम स्वीकृति लिएर विदेसीएका हुन् ।
माघ महिनामा विभिन्न ९९ देशमा जानका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।