जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र
![](https://www.tukhabar.com/wp-content/uploads/2024/02/german.webp)
टोकियो । सन् २०२३ मा जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४.४६ ट्रिलियन डलर कायम भएको छ । यससँगै जर्मनीले विश्वको तेस्रो ठूलो अर्थतन्त्र कायम गरेको छ ।
जापानलाई उछिँदै जर्मनीले अर्थव्यवस्थाको आकार ठूलो पारेको हो । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको हो । सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ ।
जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको सङ्कुचन देखाएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले यहाँको आर्थिक मन्दीलाई सङ्केत गरेको छ ।
कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र ०.४ प्रतिशतको दरले खुम्चिएको तथ्याङ्कमा उल्लेख छ ।
जापानमा उत्पादित वस्तु तथा सेवाको कूल मूल्य वास्तविक कुल गार्हस्थ उत्पादन (जिडिपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले घटेको सरकारको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।–एजेन्सी