८ जना चेलीलाई सम्मान

तु खबर संवाददाता
२०८० फाल्गुन ५,शनिबार १०:२१

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रम अन्तरगत ८ जना चेलीलाई सम्मान गरेको छ ।

बालबिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेको गाउँपालिकाले गाउँसभाको अवसरमा ८ जना चेलीलाई सम्मान गरेको हो । पालिकाले कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।

सम्मानित हुनेहरुमा वडा नम्वर १० निवासी सम्झना स्यांतान, वडा नम्वर ६ निवासी गोमा थोकर, वडा नम्वर ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वति बर्ताैला, राधिका कालाखेती रहेका छन् ।

बालविवाह कम गर्नुका साथै शिक्षामा अब्बल बनाउन गाउँपालिकाले हरेक वर्ष प्रोत्साहन कार्यक्रम गरिरहेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।