रौतहटमा कर्फ्युको क्षेत्र थप गर्ने

तु खबर संवाददाता
२०८० फाल्गुन ६,आईतवार १७:१३

रौतहट । जिल्ला प्रशासन कार्यालय गैर, रौतहटले कर्फ्युको क्षेत्र थप गर्ने निर्णय गरेको छ । रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्युको क्षेत्र थप गर्ने निर्णय गरेको हो ।

जिल्लाको ईशनाथ नगरापालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा सुरु भएको विवाद बढेपछि कर्फ्युको क्षेत्र विस्तार गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारीले जनाएको छ ।

शनिवार साँझ ५ बजेबाट ईशनाथ नगरपालिकाको वडा नम्बर–६ र ७ मा लगाइएको कर्फ्यु थप ६ वटा वडामा बिस्तार गरिएको छ । ईशनाथ नगरपालिकाको वडा नम्बर–२, ३, ४ र ५ मा बिस्तार गर्ने निर्णय गरिएको छ ।

मस्जिदमा अराजकता बढ्ने सम्भावना देखिएपछि कर्फ्यु क्षेत्र विस्तार गरिएको प्रअिज रेग्मीले बताए ।