त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

तु खबर संवाददाता
२०८० फाल्गुन ७,सोमबार ०९:३६
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ ।

शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो । उपकुलपतिमा नाम सिफारिस हुनेहरुमा क्रमशः चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बराल रहेका छन् ।

सिफारिस समितिले गत पुष २३ मा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४२ जनाले निवेदन दिएका थिए । तीमध्येबाट २५ माघमा समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो ।

सिफारिस समितिले उनीहरुको मूल्यांकनको आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो । अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन् ।