कोरियन भाषा परीक्षा आजबाट सुरु
काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।
परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको छ ।
पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन् ।
उनले शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएको बताइन् । परीक्षामा मोबाइल फोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ ।
परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिन सोे कार्यालयले जनाएको छ ।