हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०८० फाल्गुन ७,सोमबार १६:०८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८, कमानेस्थित मनकामना मन्दिरको प्राङ्गणमा आज बिहान रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

मनकामना टोल (क) र (ख) ले प्रजातन्त्र दिवस र अर्जुन प्रसाद मैनालीको स्मृतीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो क्रममा ३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकरी दिए । उनका अनुसार, रक्तदान गर्नेमा १२ जना महिला र
कार्यक्रम रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको थियो ।