आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
२०८० फाल्गुन ८,मंगलवार ०८:५२
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/barsa.jpg)
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।