मादक पदार्थ सेवन गरी आफ्नै आमाको हत्या
सुनसरी । सुनसरीमा एक पुरुषले मादक पदार्थ सेवन गरी आफ्नै आमाको हत्या गरेका छन् ।
जिल्लाको धरान उपमहानगरपालिका–११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईले आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन् । उक्त भएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई घोपा अस्पताल धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले आमाको हत्या गर्ने दिपकलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।