आत्मदाहको प्रयास गरेकी महिलाको उपचारको क्रममा मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
झापा । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय माया रम्तेल रहेकी छन् ।
आफ्नो र ५ वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया रम्तेलको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, निजकी छोरीको भने सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।
फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो ।
मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।