नेपाललाई ८ खर्ब ११ अर्ब व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो सात महिनाको अवधिमा नेपाललाई वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउन महिनादेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा भएको हो ।
गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.७७ प्रतिशतको गिरावट हो ।
गत आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो ।