आज यी प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० फाल्गुन ११,शुक्रबार ०९:२७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र त्यसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ ।

यस्तै, आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भागमा हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–गमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।