लोसपाको केन्द्रीय सचिवालयमा पाँच नेता मनोनयन
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय सचिवालयमा पाँच नेता मनोनयन भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा पाँच नेतालाई मनोनयन गरिएको जानकारी गराएका हुन् ।
संशोधित विधान अनुसार पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन, संचालन तथा पार्टीको निर्णय कार्यान्वयन गर्ने उद्देश्यले पाँच सचिवालयमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँ मनोनयन अनुसार, निर्जला राउतलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्षको जिम्मेवारी, डा. सुरेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, कविन्द्रनाथ ठाकुरलाई केन्द्रीय महासचिव तथा कोषाध्यक्ष, ज्ञानेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, विनोद कुमार सिंहलाई केन्द्रीय महासचिव, डा. आभास लाभलाई केन्द्रीय प्रवक्ता र प्रदीप कुमार पाठकलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तोकिएको छ ।