राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना यही फागुन २० गतेदेखि पदमुक्त हुँदैछन् । सो पदका लागि माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार उठाउने भएको हो ।