नेपाल टप गरेको खुशीयालीमा बाजागाजासहितको र्याली

मकवानपुर । हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले सर्वोकृष्ट नतिजा निरन्तर हाँसिल गर्न सफल भएको भन्दै बुधबार हेटौंडामा बाजागाजासहितको र्याली निकालेको छ ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको बीबीए पाँचौं सेमेस्टरको नतिजामा मकवानपुर बहुमुखी क्याम्पस नेपाल टप हुन सफल भएको खुशीयालीमा बुधबार र्याली निकालिएको हो ।
बीबीए पाँचौ सेमेस्टरमा ५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका थिए । क्याम्पसकी छात्रा इरा लामा, इशा श्रेष्ठ, क्रिष्टिना दाहाल, सैय्यद अतिफा हसन र सैय्यद अफिफा हसनले ४ जीपीए ल्याएका हुन् ।
मकवानपुर बहुमुखी क्याम्पसका अध्ययनरत विद्यार्थी, प्राध्यापकलगायतको सहभागितामा नगर परिक्रमा गरी क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो ।
यसैगरी, बीबीए सातौ सेमेष्टरमा पनि मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा श्रृष्टि महर्जनले जीपिए ४ ल्याउँदै नेपाल टप भएकी थिइन् ।