लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजबाट
![](https://www.tukhabar.com/wp-content/uploads/2023/01/Lumbini-Pradeshsabha-e1672542580353.jpg)
तुलसीपुर । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
आजको बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको सचिव पुनले बताए ।
यस्तै, दलको तर्फबाट प्रदे शसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।