२१ दिनपछि मृत भेटिए पोखराका ओझा
पोखरा । पोखरा–३० का तेजराज ओझा घरबाट बेपत्ता भएको २१ औं दिनमा सेती नदी किनारमा मृत भेटिएका छन् । गत माघ २५ गतेदेखि बेपत्ता भएका ओझा बिहीबार मृत भेटिएका हुन् ।
सेती नदी किनार (गगनगौंडा तल )मा उनको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
माघ २५ गते घरबाट ‘मर्निङ वाक’ मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो ।
पोखरा र आसपासका सहरमासमेत खोजी गर्दा पनि नभेटिएका ओझा सेतीमा फेला परेको र बिहीबारै अन्ति दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।
ओझाको मृत्युको कारणबारे भने अझै खुल्न नसकेको र प्रहरीले त्यसबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।