आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
२०८० फाल्गुन २०,आईतवार ०८:४९
![](https://www.tukhabar.com/wp-content/uploads/2018/07/barsha.jpg)
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
यस्तै, आज दिउँसो देशभर साधरणतया बदली रहनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।